Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको पर्यटकीय मार्ग

गोरखा ऐतिहासिक जिल्ला हो । त्यसैले यहाँ ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरू प्रशस्त छन् । यहाँका देवी देवताका मन्दिर ऐतिहासिक कोट हिमशिखर, ताल, पोखरी र नदीनालाहरू गाउँ घरको बस्ती भेडा खर्क आदि उत्कृष्ट थलो हुन् । गण्डकीको गप नजिकको ढुङगाको पुल, भालु खोलाको प्राकृतिक रूपवाट वनेको ढुङ्गाको पुल, सुनखोलाको द्ुई ठाउँको ढुंगाको पुल र धार्चेको लेकको वनझाँक्री (इसचम पुल) आकर्षक छन् । गण्डकी खोलाको बीचमा सुनखानी छ भनी अनुमान गरिएको ठूलो ढुङ्गा, बाइसे राज्यपछि राणाकालमा गोरखालाई उपल्लो गोरखा र तल्लो गोरखा भनी छुट्याइएको थियो भनेर जनमानसले भन्दै आएका छन् ।

Advertisement

धार्चेको लेकको २ वटा ठाडो ढुंगाको साँध आजसम्म पनि छ । केही आकर्षक पर्यटकीय स्थलहरूमा आँपपीपल, थालाजुङ, भीरसिंह, भच्चेक, नम्की क्षेत्रबाट दक्षिण बाहेक सबैतिर अग्ला सेताम्मे हिमाल र फाँटहरू देखिन्छन् । सिरानडाँडा, बारपाक, धार्चेको लेक, लाप्राक, उहिया, सिर्दिबास, मान्बु, घ्याम्पेसाल, आरूघाट, भुम्लिचोक, मनकामना बतासे, छोप्राक, मकैसिंह, प्रोक, चुमभ्याली, सामागाउँ आदि छन् । यस जिल्लामा २०६९ चैत्र २७ देखि ३० गतेसम्म जि.वि.स., जिल्ला पर्यटन विकास समिति, दि गे्रट हिमालयन ट्रेल विकास कार्यक्रम आयोजनामा भएको गोष्ठीले यस जिल्लालाई पर्यटकीय दृष्टिबाट निम्ना नुसार पदमार्ग निर्धारण गरेको छ । जिल्लालाई माथिल्लो मनास्लु क्षेत्र र तल्लो मनास्लु क्षेत्र भनी चिनाइएको छ ।

माथिल्लो मनास्लु पर्यटकीय मार्ग :

१. नुव्री क्षेत्र (लार्के पासहुँदै मनाङ, तिब्बत) :

यस मार्गमा सिर्दिबास, विही, प्रोक, ल्हो, सामागाउँ पर्दछन् । यहाँ बौद्ध गुम्बाहरू, लार्के ताल, वीरेन्द्रताल, कालताल, पुङ्गेन ताल, मनास्लु हिमाल, लार्के हिमाल आदिको प्राकृतिक मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ बौद्ध संस्कृति, चुमकुताङ्ग र हिमाल बासीहरूको संस्कार संस्कृति देखिन्छ । यस क्षेत्रमा पुरानो साम्दो हिमाली गुम्बा र तेग गुम्बा (तागवाही), श्रृंगी गुम्बा लगायत धेरै माने, कानी, छोर्तेन पनि छन् । डुप्चुमा पहराबाट झरेको पानीका धाराहरु हेर्न लायक छन् ।

श्रृङ्गी गुम्बाको क्षेत्र पनि अहिंसा क्षेत्र मानिन्छ । यहाँ आङ्गस्यूँ झरना, बूढी गण्डकीको लङ्गछुदा र नामरूङ्ग संग्रहालय आर्कषक छन् । ल्होको अवतारी लामा बस्ने टोङ गुम्बा र त्योभन्दा माथि गोरखा र तिब्बतको पिल्लर उत्कृष्ट छन् । सो पिल्लर पानीको छाँगो छवाक्क खोलाको अप्ठ्यारोमा ठाउँमा छ । त्यो खोला सेतीनदी जस्तै भासिएको छ ।

२. चुमभ्याली विशिष्ट पर्यटन (चुम्चेत, छेकम्पार) अहिंसा क्षेत्र

यस मार्गमा सिर्दिबास, चुम्चेत र छेकम्पार गा.वि.स. पर्छन् । चुमभ्याली, बाउन्न सय मिटरमा रहेको चुवु ताल, मु गुम्बा, राजेन गुम्बा लगायत विभिन्न हिमाली दृश्य र किमोलुङको अनुभव गर्न सकिन्छ । यो अहिंसात्मक क्षेत्र हो । यहाँ हिंसा गर्न पाइँदैन । उपल्लो मनासलु क्षेत्रमा माने, छोर्तेन, गुम्बाहरू प्रशस्तै पाठ पढी पूजा र ध्यान गर्छन् । गुम्बामा लामा, आनी र ढावा बस्ने गरेका छन् ।

३. गणेश हिमाल मार्ग

मान्बु काम्लाकोट गणेश कुण्ड मार्ग पनि यसै क्षेत्रमा पर्छ । भर्खरै रूम्चेत खोलामा डोरीमा झुण्डिएर छाँगाबाट तल झर्ने पर्यटकीय मार्ग पत्ता लागेको छ । क्यानोनिङ मार्गको नमूनाको रूपमा परिचित यस खोला केरौजा गा.वि.स.मा पर्छ । यहाँ ७६ झर्ना छन् । झर्नाहरू ६५ मि.सम्म लामा छन् । ७ दिनसम्म क्यानोनिङ गर्न सकिने यो क्षेत्र ११ कि.मि. सम्म फैलिएको छ । यसै क्षेत्रमा दरबार, गणेश कुण्ड र गणेश हिमाल एवं उच्च पहाडहरू रहेका छन् । सदर डाँडा, मुगाचेत (जैविक विविधता ले भरिपूर्ण), रुवी खानी, मनास्लु क्षेत्रमा ४०, पिक श्रृङ्गी क्षेत्रमा ९, गणेश हिमाल क्षेत्रमा ४३ र कुतांङ क्षेत्रमा ४ पिक भएको पर्यटन व्यवसायीले बताएका छन् ।

तल्लो मनास्लु पर्यटकीय मार्ग

३. मनकामना–गोरखा बजार (धार्मिक मार्ग)

कुरिनटार, केवलकार, घैरूङ्ग, भीमवीरेश्वर महादेव, भैरबस्थान यस मार्ग अन्तर्गत पर्दछन् । घ्यालचोक, दर्बुङ, मकैसिंह, ताङलीचोक, फुजेल, नामजुङ, घैरूङ, बोर्लाङ, धावा, बुङकोट, ताक्लुङ, बक्राङ र गोनपा पर्छन् । यो ऐतिहासिक, धार्मिक र प्राकृतिक रूपले महत्व वोकेको मार्ग हो । हजार रोपनीको भुम्लिचोकको भैरवीचौर, ऐतिहासिक गोरखा दरबार, गोरखनाथ गुफा, लगायत जिल्लाका सरकारी र गैरसरकारी कार्यालयहरू यही छन् । गोनपा गोरखा जिल्लाको सदरमुकाम पनि हो । मनकामनादेखि डाँडाडाँडै सिँढी लगाई गोरखा बजारसम्म पर्यटनमार्ग निर्माण गरिएको छ । ताङ्ली चोक र फिनाममा आधुनिक सुन्तलाको नर्सरीको अवलोकन गर्न पाइन्छ । भीमसेन स्मृतिपार्क पनि निर्माण गरिएको छ । गोरखा सङग्रहालय, भ्यू टावर र मिनी चिडियाखाना र पाण्डे चौतारो आकर्षक छन् ।

४. तल्लो मनास्लु सर्किट ट्रेल (बारपाक, रूबीनाला भञ्ज्याङ्ग, सिर्दिबास) जैविक विविधता मार्ग)

यस मार्गमा गो.न.पा. भ्यूटावर, भीमसेन पार्क, फिनाम, नारेश्वर, पाँडे चौतारो, ताप्ले, बगुवा, अश्राङ, तान्द्राङ्ग, मसेल, आरूपोखरी, आरूचनौटे, आरूआरवाङ, थुमी, पन्दु्रङ, ताकुकोट, पाँचखुवा देउराली, ताकुमाझ लाँकुरीबोट, सौरपानी, स्वाँरा, लापु, बारपाक, गुम्दा, उहिया, लाप्राक र सिर्दिबास पर्दछन् । यस क्षेत्रमा सुन्तला, अश्राङ्गको श्रीखण्ड, लालीगुराँस, जडीबुटी, तामाखानी, धार्चेको लेक, रूबीनाला भञ्ज्याङ, बौद्ध हिमाल र घ्याम्पेसाल नजिकैको माटेपुल लगायत गुरूङ, घले, विश्वकर्मा, परियार, बराम, मगर, नेवार, बा्रह्मण क्षेत्रीको संस्कृति सभ्यता देखिन्छ । नेपालको उत्कृष्ट २५० मि. विश्वको तेस्रो सीता गुफा यसै मार्गको स्वाँरामा पर्छ । बूढीगण्डकी हुँदै तातोपानी नुहाएर सिर्दिबास पुगिन्छ । भर्खरै धार्चे गाउँपालिकाले इपिसेन्टर पर्यटन मार्ग पनि घोषणा गरेको छ ।

५. कोट मार्ग (लिगलिगकोट, सिरानचोक कोट, अजिरकोट, घ्याच्चोक, बारपाक, रुबीनाला भञ्ज्याङ)

कृषि पर्यटन मार्ग

यस मार्गले देउराली, धुवाँकोट, च्याङली, मिरकोट, गाईखुर, खोप्लाङ, पालुङटार, आँपपीपल, छोप्राक, गाँखु, हर्मी, श्रीनाथकोट, थालाजुङ, जौवारी, केरावारी, मुच्चोक, सिम्जुङ, हंसपुर, खरीवोट, घ्याच्चोक र बारपाकलाई समेटेको छ । बेसीदेखि हिमाल चुलीसम्म समेटिएको यस मार्गमा ऐतिहासिक लिगलिगकोट, सिरानचोककोट, अजिरकोट, बारपाककोटका साथै चिप्लेटी ताल, नागे पोखरी, इलिमपोखरी, सातकन्या पोखरी, दूध पोखरी, नारद पोखरीका साथै झर्ना र छाँगाहरू देखिन्छन् । यहाँ सिरान डाँडाको चिया बगान, भुइँ स्याउ, अलैची, अम्रिसो र जडीबुटीहरू अवलोकन गर्न पाइन्छ । धार्मिक महत्व बोकेको झ्याल्लाको भूमिको थान पनि यसै मार्गमा पर्दछ ।

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दा गोरखाबाट काठमाडौंसम्म प्रयोग गरेको बाटोलाई हाल नेपाली सेनाले एकीकरण पदमार्ग घोषणा गरी २०७६ पौष १८ बाट यात्रा गरेको छ । गोरखाबाट काठमाडौं हुदैँ काभे्रसम्म ३९२ कि.मि.लाई पदमार्ग घोषणा गरिएको छ । स्थानीय तहको छनोट, जिल्ला समन्वयको सिफारिसमा गण्डकी प्रदेश सरकारले निम्न स्थानहरुलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ ः(गो.न.पा.भीमसेन पार्क, पालुङटार, लिगलिगकोट, सिरानचोक, सिरानचोककोट, अजिरकोट, नागेपोखरी, धार्चे, गुप्सीपाखा, तातोपानी, भीमसेन ठूलो पोखरी, र बराम बस्ती, शहीदलखन स्मार्क किल्ला, गण्डकी भैरवीचौर, भैरवीस्थान, आरुघाट को तान्द्राङकोट, आरुपोखरी, बारपाक सुलिकोट, सीता गुफा, चुमनुब्री, चुमभ्याली र लार्केपास छनोट भएका छन् ।

बुधबार, भदौ २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
असल नेतृत्व
शालिकभित्र लुकेको स्वार्थ
संघीयतामा बैज्ञानिक भू–उपयोगको कसी

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.