Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

शालिकभित्र लुकेको स्वार्थ

विवादकै बिच ठुलोआँगनमा पृथ्वी नारायण शाहको शालिक निर्माणको काम अघि बढेको छ । पर्यटन प्रवद्र्धन भन्दै नेपाली सेनाको अगुवाइ र गोरखा नगरपालिकाको लगानीमा बन्न लागेको शालिकले पर्यटन प्रवद्र्धन गर्ला नलर्गा त्यो आगामी दिनमा थाहा हुनेछ, तर शालिकभित्र लुकेका केही व्यक्तिगत स्वार्थहरु जुन छन् त्यो स्थानीयको हितमा देखिदैन । व्यक्तिगत फाइदाका लागी शालिकसँग आफ्नो स्वार्थ जोड्नु पक्कै राम्रो होइन ।

Advertisement

शालिक निर्माण हुनु सकारात्मक पक्ष हो । भलै ठाउँ छनोटमा केही विवादहरु भए । विवाद उत्पन्न हुनुमा पनि नेतृत्व निकायकै कमजोरी छ । स्थानीयसँग आवश्यक समन्वय र छलफल नगरी एकलौटी निर्णय गर्दाको परिणाम हो यो । सबैको राय सुझाव लिएर बृहत छलफल सहित निर्णय गरेको भए सम्भवत शालिक निर्माणकै कुरालाई लिएर यति धेरै विवाद हुने थिएन । नेतृत्व तहको अपरिपक्कता यसमा छर्लङ्गै छ ।

सबैभन्दा बिरोधको बिषय ठुलोआँगन क्षेत्रमा सवारी आवागमन रोक्ने निर्णय बन्यो । यो निर्णय गत भदौ १३ गते नै नगरपालिकाले गरेको थियो । तर गुपचुप राखियो । सम्बन्धित ठाउँका स्थानीयसँग समन्वय र छलफल नगरी गरिएको निर्णय बाहिरिएसँगै तिव्र आलोचना र बिरोध आउन थाले । केही सिमित व्यक्तिको स्वार्थका लागी सवारी आवागमन रोक्ने निर्णयले स्थानीयको समर्थन पाउन सकेन । शालिक निर्माणका लागी खनिएको खाडल पुर्न स्थानीयवासी आफै कस्सिए । अनि विवाद थप चर्कियो ।

कुनै कुरा रोक्नुअघि त्यसको बिकल्पको खोजी हुनुपर्छ । कुनै निर्णय गर्दा त्यसबाट उत्पन्न हुन सक्ने सकारात्मक नकारात्मक दुवै खालका परिस्थितीको गहिरो अध्ययन गर्नु जरुरी हुन्छ । नत्र असफल भइन्छ । ठुलोआँगनमा सवारी रोक्ने नगरपालिकाको असफल निर्णय यसको ज्वलन्त उदाहरण हो । स्थानीयलाई पाखा लगाउँदै एकलौटी रुपमा गरिएको निर्णयबाट नगरपालिका आफै पछि हट्नुप¥यो ।
बाटो बन्द गर्ने निर्णय गुर्न पुर्व बिकल्पको खोजी गरेको भए नगरपालिकाले यति धेरै विवाद र आलोचना खेप्नुपर्ने थिएन । जब राती बुढी ताती भनेझै जब बिरोध आउन थाल्यो अनि बिकल्पको खोजी हुन थाल्यो । तर त्यसमा पनि नगरपालिका अहिलेसम्म असफल नै छ ।

साँघुरिदै गएको ठुलोआँगनलाई शालिक निर्माणले थप साघुँरो बनाउछ नै । उसो त त्यस क्षेत्रमा अहिले पनि ठुला सवारी सहज सवारी आउजाउ गर्न मुश्किल नै छ । बिकल्पका सहज बाटोहरु भए असहज यात्राका लागी सो क्षेत्र सवारी चालकको रोजाइमा पक्कै पर्ने छैन । बैकल्पिक बाटोहरु बन्न थालेपछि सो क्षेत्रमा यसै सवारी चाप कम हुनेछ । तर सवारी नै निषेध गर्ने प्रयास सरारस गलत छ । सो क्षेत्रमा केही व्यक्तिको सवारी रोक्ने नियती प्रष्ट देखिन्छ । ढिलोचाडो सवारी रोक्नेतर्फ उनीहरु उन्मुख छन् ।

तर सो क्षेत्रमा सवारी रोक्दैमा पर्यटकको घुइँचो लागेर कायापलट हुन्छ भन्ने छैन । सवारी नरोकी पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । मुख्य कुरा संग्रहालय प्रवेशका लागी बसपार्कमा रहेको गेट खोल्नु आवश्यक छ जुन ठुलोआँगनका केही स्थानीयले चाहिरहेका छैनन् । पर्यटकलाई बसपार्कको गेटबाट प्रवेश गराएर ठुलोआँगनको गेटबाट निस्कने व्यवस्था मिलाउन सके साँघुरो ठुलोआँगनले पर्यटक र यातायातको चापलाई थेग्न सक्छ । सडक बन्द गर्नुभन्दा तल्लो गेट खुलाउन तर्फ अग्रसर हुनु बुद्धिमान हुन्छ ।

अर्काे कुरा सो क्षेत्रमा सवारी आवागमन रोकेर हुने फाइदा के ? व्यापार व्यवसाय गरेर बस्नेहरुले कसरी सामान लाने ? निर्माण सामग्री कसरी ढुवानी गर्ने ? छहरे, सतिपिपल, महेन्द्र ज्योती, पोखराथोक लगायतका स्थानीय घर आउजाउ कसरी गर्ने ? पाँच मिनेटको बाटो छाडेर आधा घण्टा लाग्ने बाटो रोज्न को तयार होला र ? त्यसैले बाटो बन्द गर्नुअघि यी यावत कुराहरुको बारेमा पनि सोच्नु जरुरी छ । आफ्नो स्वार्थका लागी सडक बन्द गराउन तर्फ उन्मुख हुनुभन्दा सो क्षेत्रमा कसरी सहज सवारी आउजाउ गराउन सकिन्छ त्यसतर्फ ध्यान केन्द्रित गर्न सक्नुपर्छ ।
घर अगाडीका पेटिहरु भत्काएर सडक फराकिलो बनाउन सकिन्छ ।

केही पाउन केही गुमाउनुपर्छ । फाइदा लिन खोज्ने तर गुमाउन नचाहने हाडिघोप्टे प्रवृति आफैका लागी घातक हुन्छ । त्यही प्रवृतिका कारण अहिले गोरखा बजार मसानघाट जस्तो सुनसान बन्दै छ । ठुलोआँगन हुदै नारेश्वरबाट भालुस्वाँरा बारपाक सडकखण्ड जोड्ने र सवारी संचालन गर्ने कुरामा बाधक बन्नेहरुकै कारण अहिले ठुलोआँगन मात्र होइन गोरखा बजारको पनि चहलपहल घटेको हो । यो तितो यथार्थलाई सबैले स्वीकार्नै पर्छ ।

इतिहास र ऐतिहासिक क्षेत्रको संरक्षण गर्नुपर्छ । तर शालिक बनाउँदैमा इतिहास जोगिदैन । राष्ट्र निर्माता सलामीका लागी संग्रहालय परिसरमा रहेको शालिकलाई पनि प्रयोग गर्न सकिन्छ । तर नेपाली सेनाले किन ठुलोआँगनमा थप शालिक राख्न जोडवल ग¥यो ? यसमा कतै नेपाली सेनाको पनि केही स्वार्थ जोडिएको त छैन ? शंका उब्जनु स्वभाविक नै छ । नत्र बिरोधका बिच पनि कित सेना तत्पर छ शालिक निर्माणका लागी ।

पछिल्लो समय सुनसान बन्दै गएको गोरखा सदरमुकामलाई पर्यटन प्रवद्र्धनबाट मात्रै चलायमान बनाउन सकिन्छ । शालिक बन्नु पनि नराम्रो होइन, तर पर्यटन प्रवद्र्धनका लागी थुप्रै योजना र रणनीति बनाएर अघि बढ्न सकिन्छ जुन कुरामा नगरपालिका चुक्दै आएको छ । अन्ततः शालिक निर्माण समयमै होस्, यसले पर्यटन प्रवद्र्धनमा थप टेवा समेत पुगोस्, तर शालिकको नाममा बाटो बन्द गर्ने जस्ता निर्णयहरुले प्रश्रय नपाउन् । कुनै निर्णय गर्नुअघि स्थानीयवासीसँग पर्याप्त छलफल गरेर अघि बढे मात्र सफल भइन्छ । होइन भने खवरदारी गर्न स्थानीय सधै तम्तयार छन् ।

बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
असल नेतृत्व
संघीयतामा बैज्ञानिक भू–उपयोगको कसी
गोरखाको पर्यटकीय मार्ग

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.