Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

‘अब गोरखा बजारमा पानीको हाहाकार हुदैँन’

गोरखा सदरमुकाम क्षेत्रका करिव ५ हजार घरधुरीलाई खानेपानी उपलब्ध गराउने लक्षित सहित दरौदी गोरखा बृहत लिफ्टिङ खानेपानी आयोजना निर्माण भएको छ । करिव ४२ करोड लागतमा निर्माण भएको उक्त आयोजनाको कार्य २०७३ सालबाट शुरु गरिएको थियो । २०७८ मा काम सम्पन्न भएर पानी वितरण समेत भइसकेको आयोजनाले जनाएको छ । आयोजनामा २२ वटा उपभोक्ता संस्था सदस्यको रुपमा आवद्ध छन् । आयोजनाबारे थप जानकारी लिन दरौदी गोरखा बृहत लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष बिनोद अर्यालसँग कुराकानी गरेका छौ :

Advertisement

दरौदी लिफ्टिङ खानेपानी आयोजनाको नाम धेरै पहिले देखि जिल्लावासीले सुन्दै आएका छन् । आयोजनाले नाम मात्र प्रचार गर्ने हो की पानी पनि वितरण गर्छ ?

चर्चा मात्रै भन्दा पनि आयोजनाको लगभग निर्माण कार्य सम्पन्न भईसकेको अवस्था छ । निर्माण ब्यवसायीले आफ्नो संचालनको काम पनि अगाडि वढाइसकेको हुदाँ यो नाम मात्र होइन कि कामै अगाडि बढेको कुरा जानकारी गराउन चाहन्छु ।

त्यसो भए आयोजनाबाट पानी वितरण भइसक्यो की निर्माणकै चरणमा छ ?

अव यस्तो छ, यो आयोजनाको अवधारणा अनुसार हाम्रो सदस्य भनेको अन्य क्रियाशिल उपभोक्ता संस्थाहरु हुन्छन् । हाल सदस्यको रुपमा २२ वटा संस्था हामीसँग आवद्ध हुनु हुन्छ । ती संस्थाहरुको आ–आफ्नो ट्याङ्की छन् । हामीले उत्पादन गरेको पानी त्यही ट्यांकीमा हाल्दिन्छौ । उनीहरुको ट्यांकीमा हामीले मिटर जडान गरिदिएका हुन्छौ र मिटरमा उठेको यूनिटको आधारमा महशुल लिन्छौ । तर हामीले अहिलेसम्म महशुल निर्धारण गर्न भने भ्याएका छैनौ ।

हालसम्म सात वटा सदस्य संस्थालाई पानी वितरण गर्न शुरु गरिसकेका छौ । बाँकीका लागी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सदस्य संस्थाहरुलाई आवश्यक वा पायक पर्ने ठाउँमा हामीले ट्यांकीहरु पनि बनाइदिएका छौ । त्यहीबाट पाइपिङ गरेर आ–आफ्नो उपभोक्तामा पु¥याउने जिम्मा चाही सम्बन्धित सदस्य संस्थाको हुन्छ । पहिलो चरणको निर्माण कार्य सकिएर केही ठाउँमा पानी पनि वितरण भइसक्यो । अव दोस्रो चरणको पनि हामी छिटै अगाडी बढ्छ ।

२२ वटा संस्था आवद्ध भन्नु भयो । अरु संस्थालाई समेटन नसकेको हो की आयोजना लक्षित क्षेत्रमा जम्मा २२ संस्था मात्र छन् ?

हाम्रो कार्यक्षेत्र बिशेषत गोरखा वजारमा बनाएका छौ । जहाँ पानीको हाहाकार बढी छ । साना शहरी खानेपानी आयोजनाले मात्र यो समस्या थेग्न सक्दैन भनेर साना शहरीमा हुदाँ देखि नै हामीले बिकल्पको रुपमा दरौदी वाहेक अरु छैन भन्ने हिसावले मुख्य स्रोत दरौदीलाई वनाएर अगाडि वढ्यौ । अव यसको कार्यक्षेत्र भनेको बिशेष गरेर गोरखा नगरपालिका वडा नम्वर २, देखि ९ का भागहरु हुन् ।

बिशेषत नगरक्षेत्रको सदरमुकाम आसपास पर्याप्त मात्रामा पानी पु¥याउने उदेश्यका साथ आयोजना अगाडि वढाइएको हो । पानी उत्पादन शुरु भइसक्यो । उत्पादित पानीलाई अब कसरी व्यवस्थापन गर्ने यो चाहि एउटा चुनौतीको विषय छ । अव यसलाई सवै पक्षवाट राम्ररी अगाडि वढाइयो भने गोरखाली सदरमुकामवासीलाई पानीको त्यतिधेरै अभाव हुन्छ भन्ने लाग्दैन ।

आयोजनाको मोडालिटि अनुसार प्रत्यक्ष रुपमा घरघरमा धारा जडान गर्नुभन्दा पनि आयोजनामा आबद्ध उपभोक्ता संस्थालाई पानी दिने भन्नु भयो । दरौदी आयोजना आएपछि अन्य संस्थाका उपभोक्तालाई के फाइदा पुग्छ त ?

यो आयोजनाको संचालन मोडालिटि र महशुल चाहि कति उठाउने भन्ने विषयमा हामीले ठोस निर्णय गर्न सकिरहेको छैनौ । अस्ति भर्खरै हामीले संघिय खानेपानी डिभिजन कार्यालयका विज्ञ प्रतिनिधि सहित पाँच जनाको टिम गठन गरेका छौ । यो टिमले आयोजनाको संचालन मोडालिटी र महशुल निर्धारण गरेर हामीलाई सिफारिस गर्नुहुन्छ । त्यही अनुसार हामी अघि बढ्छौ तर अहिले अस्थायी रुपमा हामीले के गरेका छौ भने आवद्ध संस्थाहरुकै ट्याङ्कीमा पानी हाल्दिने र उहाहरुले बुझाउने शुल्कको २० प्रतिशत उहाहरुकै संस्थामा राख्नुहुन्छ र ८० प्रतिशत हामीलाई दिनुहन्छ ।
अव यहाले भन्नुभएको उपभोक्ताहरुको लाभ के छ ?

कति हो त मूल्य भन्ने कुरामा त मैलै अघि नै भनिसके हामीले महशुल निर्धारण गर्न बाँकी छ । नेपाल सरकारको ९० प्रतिशत लगानी भएको आयोजना भएकाले महशुल निर्धारण गर्दाखेरी यसको खर्च ब्यवस्थापनलाई हामी विचार गर्छौ । कमिटिले पनि विचार गर्छ ।  खर्च ब्यवस्थापन गरिसके पछि अन्य लोनहरु त हामीसँग हुदैन । प्रत्यक्ष रुपमा पानी आधारभूत कुरा पनि हो । राज्यले पनि यसमा सपोर्ट गर्नुपर्छ । त्यसैले पानीकै मूल्य भनेर भन्दा पनि सेवा शुल्कको रुपमा हामी केही रकम लिन्छौ । त्यसमा पनि सरकारसँग समन्वय गरेर शुल्क निर्धारण गर्छाै । अहिलेको भन्दा शुल्क कम हुन्छ, यसमा हामी बिश्वस्त छौ ।

भनेपछि शुल्क अहिलेको भन्दा कम हुन्छ ?

एकदम । जनताले जसरी हुन्छ सर्वसुलभ हिसावले पानी उपभोग गर्न पाउन् भन्ने मान्यता हो । हामी त्यही अनुसार सेवा दिन्छौ ।

यसअघि पृथ्वी नारायण साना शहरी खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष हुनुभयो । हजुरकै कार्यकालमा आयोजनाका धेरै गुनासो सुनिन्थ्यो । हजुरकै धेरै आलोचनाहरु पनि भए । अहिले फेरी यता अध्यक्ष हुनु भएको छ । त्यस्तै समस्या यहाँ पनि नहोला भनेर कसरी बिश्वास गर्नै ?
असाध्यै मिठो कुरा उठाउनुभयो । जति आलोचना आउछ त्यति नै निखारपन आउछ भन्ने मलाई लाग्छ । आलोचना आउने बित्तिकै त्यसले नयाँ कुराको बिकास गर्छ । कसैले तुच्छ आलोचना गर्छन् त्यसको त कुनै अर्थ भएन । तर सकारात्मक आलोचना हामी आफैलाई पनि सुधार गर्दै लैजाने माध्यम बन्ने रहेछ ।

साना शहरी अलि विवादित आयोजना पनि बन्यो । उपभोक्तालाई अपेक्षा अनुसार सहज सेवा दिन नसकेकै हो । तर मेरो व्यक्तिगत भन्दा पनि आयोजनाकै कमजोरीका कारण हो । त्यो अनुभवले पनि अहिले सहज हुन्छ भन्ने छ । अव दरौदीमा त्यस्तै समस्या दोहोरिदैन । सकारात्मक आलोचनाको हामी सधै स्वागत गछौै ।
अन्त्यमा…

सर्वप्रथम त हामीले उपभोक्तामाँझ पु¥याउन नसकेको कुरा यहाँको मिडिया मार्फत पु¥याउने अवसर दिनुभयो त्यसको लागी धन्यवाद । उपभोक्तालाई दरौदीको पानी कहिले आउने होला भन्ने जिज्ञासा भइरहेको हुनसक्छ । त्यो जिज्ञासा मेटाउन पनि सहयोग पु¥याइदिनु भयो ।
बिशेष गरी गोरखा नगरपालिका वडा नम्वर २ देखि ९ सम्मका स्थानीयलाई यो आयोजनाले समेटछ । लक्षित घरधुरी ४ हजार ९ सय ६२ हो । यी घरधुरीलाई दैनिक १८ लाख लिटर पानी आवश्यक देखिन्छ । तर हाम्रो दैनिक २० लाख लिटर उत्पादन क्षमता छ ।

त्यसैले पानीको कुनै समस्या हुदैन । भोली बसाइ सराइ बढ्दै गएर घरधुरी बढ्यो भने त्यसको लागी पनि हामीसँग पर्याप्त पानी हुन्छ । भोलीका दिनमा पानी वितरण कार्यलाई सहज र उपभोक्तालाई प्रभावकारी सेवा दिन हामी चुक्दैनौ । कम शुल्कमा शुद्ध पानी वितरण गर्ने हाम्रो उदेश्य हो, हाम्रो उदेश्यमा हामी दत्तचित्त भएर लाग्नेछौ ।

बुधबार, भदौ २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘दिनको दश पटक पनि फोहोर उठाउन तयार छौ’
‘प्रभावकारी बिद्युत सेवाका लागी संरचना थप गर्नुपर्छ’
‘५९ हजार ऋणी सदस्यलाई ५ अर्ब ५० करोड कर्जा लगानी गरेका छौ’

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.