छोटो उचाईमा नै देखिने भौगोलिक परिबर्तन तथा समयसंगै परिबर्तित सामाजिक तथा आर्थिक अवस्थाले नेपालको भू–उपयोगमा अत्याधिक विविधता पाइन्छ । नेपाल जलबायुको हकमा पनि अत्याधिक विविधता भएको देश हो जहा उष्ण तराइको देखि उच्चहिमाली टुन्ड्रा हावापानी सम्म फैलियको छ । ७०% भन्दा बढी मानिसहरु कृषिमा आधारित भएको देशमा प्राकृतिक श्रोतहरुले चरम चाप बेहोर्दै आइरेहेको छ । बढ्दो जनसंख्या, कठिन भौगोलिक अवस्था, बदलिदो राजनैनिक परिस्थितितथा अव्यवस्थित शहरिकरणले गर्दा नेपालले दशकौ देखि बिकाराल भू–उपयोग प्रणालीबाट गुज्रिनु परेको छ्र ।
नेपालको भू–उपयोग प्रणालि विविध कारणले गर्दा अन्तराष्ट्रिय मापदण्ड अनुसार हुन सकेको छैन । भूमिहीन मानिस तथा सिमान्तकृत जनताहरुले प्राकृतिक श्रोतहरु माथि दोहन गरि घर बनाउने गर्दा सरकारी सार्बजनिक जग्गाको उत्पादकत्व घट्दै गैरहेको छ भने अर्कोतिर पारिस्थितिक प्रणालीले समस्या झेल्दै आइहरेको छ । तथापि दिगो रुपमा खाद्य बस्तु उत्पादन गरेर खाद्य सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको जिम्मेवारी हो । नेपालमा राज्य पुनर्संरचनासंगै मुलुक तीन तह (स्थानीय, प्रादेशिक तथा संघिय) को सरकारले पूर्णता पाएको छ । राज्यको अबको आबश्यकता औधोगिक तथा आर्थिक बिकास हो भनि रहँदा र केन्द्रिकृत शक्ति स्थानीय तहसम्म पुगी रहँदा हामीले परिकल्पना गरिरहेको विकासलाई वातावरणमैत्री र भू–उपयोग मैत्री बनाउन पर्ने चुनौती हामी सामु छ्र ।
ऐतिहासिक पृष्ठभूमि
नेपाल जस्तो कृषिमा आधारित देशमा सामाजिक तथा राजनीतिक परिवर्तनले भू–परिधिको उपयोगमा प्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ । प्राचिन कालमा भुमि राज्यको नाममा थियो र राज्यले चाहेको खण्डमा विभिन्न तरिकाले जनतालाई प्रदान गरिदै आएको थियो । बिर्ता, रैकर, गुठि तथा किपात जस्ता विभिन्न भू–स्वामित्वप्रणाली मार्फत राज्यको भुमिलाइ ब्यबस्थापन गरिन्थ्यो । बिर्ता प्रणालीमा राज्यको स्वामित्वमा रहेको जमिन कुनै सरकारी नागरिक तथा धार्मिक ब्यक्तिहरुलाई समेतलाई राज्यले कर लिएर भू–उपयोग गर्नदिने प्रणाली हो । रैकर प्रणालीमा कुनै मोहीलाई जग्गा दिने गरिन्थ्यो ।
नेपालमा भू–उपयोगको बैज्ञानिक बर्गिकरण तथा उपयोग नेपाल सरकार, भूमिसुधार तथा ब्यबस्था मन्त्रालयको स्थापना पश्चात हुन थालेको हो । भूमि सम्बन्धी ऐन, २०२१ मा नेपाल सरकारले भूमिको समुचित उपयोगको लागी भूमिको बर्गीकरण सार्बजनिक हित तथा भूमिको भौगर्विक बनौट, प्रकृति, क्षमता र मौजुदा प्रयोगका आधारमा गर्ने व्यवस्था गरेको छ । भू–उपयोग सम्बन्धि ऐन २०७६ ले नेपाल सरकारले भूमिको समुचित उपयोगको लागि भुमिलाइ कृषि, आबासिय, ब्यबसायिक, औधोगिक, खानि तथा खनिज, उत्खनन सास्कृतिक तथा पुरात्वात्विक, नदीनाला तथा तालतलैया, वन सार्बजनिक उपयोग, जोखिम क्षेत्र गरि बर्गिकरण गरेको छ्र ।
भू–उपयोग प्रणालीको महत्व
कृषि, भुमि व्यबस्था तथा सहकारी मन्त्रालय अन्तर्गत नापी विभागले समय समयमा भू–उपयोगको क्षेत्रांकन तथा नक्सांकन गर्दै आइरहेको छ । बन तथा हिउ क्षेत्र घट्दै गएको र कृषि भूमिमा परिवर्तन भएको धेरै अध्ययनले देखाउँछ । कृषियोग्य भुमिको संरक्षण तथा समुचित उपयोग गरि खाद्य सुरक्षा सुनिश्चित गर्न सकिन्छ भने अर्कोतिर सुरक्षित बसोबास गर्न सकिन्छ । भूमिको उत्पादकत्व सदैब बचाउने र दिर्घकालिन रुपमा ब्यबस्थापन गर्नको लागि उचित तरिकाले भू–उपयोगलाई ब्यबस्थापन गर्नुपर्ने हुन्छ्र ।
उचित भू उपयोग प्रणाली अपनाउनाले पर्यावरणीय सेवा तथा सुविधाहरुहरु सधै जीवन्त रहन्छन भने त्यसबाट प्राप्त हुने सेवा सुविधालाई दिगो रुपमा प्राप्त गर्न सकिन्छ । स्थानीय, प्रादेशिक तथा संघिय स्वायत्त सरकारहरुको स्थापना संगै विभिन्न बिकास निर्माण तथा पूर्वाधार निर्माणको कामहरु हुने हुदा भू–उपयोग र त्यसको प्रयोगलाई बर्गिकरण नगर्ने हो भने भुमि टुक्रिन गइ उत्पादकत्व घट्ने तथा जैविक विविधतामा दिर्घकालिन रुपमा नकारात्मक असर पर्ने सम्भावना छ ।
बैज्ञानिक भू–उपयोग नीतिका आधारहरु
भू–उपयोग नीति २०७५ ले भूमिको न्यायिक वितरण, महतम उपयोग र सुशासन मार्फत मुलुकको आर्थिक समृद्दी र जनताको जिबनस्तरमा गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लियको छ । यसका साथै भू–उपयोगको क्षेत्र बर्गीकरंको सिद्धान्तलाइ पनि आधार बनाएको छ । लामो समयको राजनैतिक प्रतिकुलता पछी राजनीनिक रुपमा धेरै हदसम्म स्थिरता छायको अवस्था छ । भू–उपयोग प्रणाली आर्थिक सम्वृद्धिको आधार बन्न जरुरी छ्र । भू–स्वामित्वमा कायम रहेको दोहोरोपनाको अन्त्य गरि भू–उपयोगलाइ वैज्ञानिकीकरण गर्नुपर्ने आबस्यकता छ । हाल सम्म नेपालमा ५९ भुमिसंग सम्भंधित ऐन तथा २३ नियमावली बनेर कार्यान्यन छन् तर कतिपय आपसमा बिभादित छन् ।
भू–उपयोग गर्दा कृषि, आबास तथा वन क्षेत्रलाइ मध्यनजर गर्नुपर्ने आवश्यकता छ । कृषि क्षेत्रको लागि माटो, भिरालोपना, सिचाई जस्ता कुराहरुलाई ध्यान पु¥याउनु पर्छ । आबास क्षेत्रलाइ ब्यबस्थापन गर्दा फरक तरिकाले गर्नुपर्ने हुन्छ । बन क्षेत्र कायम गर्दा तेस्रो प्राथमिकताको रुपमा लिएर भू–उपयोग नीति लागु गर्नुपर्ने हुन्छ किनकि आबास तथा कृषि नहुने ठाउँमा कम्तिमा बन क्षेत्र कायम गर्न सकिन्छ । प्रादेशिक तथा स्थानीय तहको समेत हैसियत तथा अवस्था हेरेर भू–नीतिहरु तय गर्नुपर्ने आबश्यकता रहेको छ ।
बढ्दो बेथिति
नेपालको भू–उपयोग दिनानु दिन अब्यबस्थित हुदै गैरहेको कुरामा कुनै दुइमत छैन । बिकासको नाममा खेतीयोग्य जमिनलाई प्लटिङ गरि घर तथा औधोगिक क्षेत्रमा परिबर्तन गर्ने कार्य दसकौ देखि चल्दै आइरहेको छ । स्थानीय सरकारहरु जुन रुपमा अधिकारको पक्षमा बलियो बनाइएको छ, वातावरणिय प्रभाबहरुलाई नजर अन्दाज गरेर प्राकृतिक श्रोतहरुको एकोहोरो दोहन भएर भू–उपयोग नै परिवर्तन भैरहेको छ । विभिन्न भू–उपयोगमा काम गर्ने अन्तर मन्त्रालय बिचमा नीति नियम तर्जुमा देखि कार्यान्वयन सम्म हुनुपर्ने समन्वयको पनि व्यापक कमि भएको सजिलै अनुभब गर्न सकिन्छ । खेतीयोग्य जमिनको अतिक्रमण, बिग्रदो माटो, पानीको हाहाकार, प्रदूषण, निरन्तर घट्दो जैविक विबिधता र अन्दाज गरे भन्दा धेरै नै विकराल जलबायु परिवर्तनको असरले अन्य क्षेत्रको तुलनामा हाम्रो जस्तो पर्वतीय कृषि निकै जोखिममा परेको छ ।
जरुरी कदम
एकातिर तिब्र गतिमा बढिरहेको जनसंख्या र अर्कोतिर सहर वा तराईमुखी बसाइसराइको चपेटामा परेको उर्बर कृषि भुमि, यो अवस्थालाई हेर्दा हामी धेरै ढिलो भैसकेतापनि नयाँ राजनैनिक संरचनामा यसलाई कसरी मूलप्रवाहिकरण गर्ने भन्ने कुरामा प्रष्ट हुन जरुरी छ । विभिन्न प्रदेश तथा स्थानीय तहहरुमा कृषि, शहर तथा वन क्षेत्रको ब्यबस्थित रुपमा ब्यबस्थापन गर्नु पर्दछ । उद्योग कलकारखाना निर्माण गर्दा बन वातावरण मा कम असर पर्ने गरि गर्नु पर्दछ भने वातावरणिय सेवा सुविधालाई नजरअन्दाज गरिनु हुदैन ।
तिन वटै तहका सरकारहरु तथा सरोकारवालाहरु बिकास र ब्यबस्थित भू–उपयोगबीच सामन्जस्यता कसरि कायम गर्ने भन्ने कुरामा सुसुचित हुन जरुरी देखिन्छ । बन क्षेत्रको अतिक्रमण गरि कृषि तथा खानि क्षेत्रको रुपमा भू–उपयोग गर्ने क्रमलाइ दिर्घकालिन रुपमा निरुत्साहित गर्नुपर्दछ । प्रादेशिक भू–उपयोग नीति बनाएर, ऐन नियमहरुलाई परिमार्जित गर्दै अघि बढ्नु पर्छ ताकी बातावरणीय पक्ष र बिकाशका क्रियाकलाप हरुलाई सन्तुलित रुपमा अगाडी बढाउन सकियोस् ।



































