Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

असल नेतृत्व

विषय प्रवेश
नी+ता=नेता, अगुवा । ने+तृ वा ने+त्र—ई नेत्री त्व प्रत्यय लागेर नेतृत्व बन्दछ । जसको अर्थ अगुवा गर्नु, कमान गर्नु, आवश्यकता पूरा गर्नु वा समूहको अगुवा गर्नु भन्ने हुन्छ । नेता व्यक्ति हो भने नेतृत्व सामूहिक विषय हो । आज र भविष्यको स्थिति बुझ्ने व्यक्ति नै सफल नेता हो । उसले त्यो बुझाइ अनुसार काम गर्न सक्नु नै नेतृत्व हो ।

Advertisement

साधारण लक्ष्य हासिल गर्ने मानिसको प्रयास, मार्ग दर्शन, व्यक्तिको प्रभुत्व र व्यक्तिको विविध क्षेत्रको काम गर्ने क्षमता नेतृत्व हो । यो सामूहिक उद्देश्य प्राप्तिका लागि लक्ष्यमा पुग्ने प्रयास हो । शक्तिको प्रयोगको लागि आफ्ना समर्थकबाट अपेक्षित कार्यहरु गराउनु नै नेतृत्व हो । त्यो विना संगठनको उद्देश्य पूरा हुँदैन र यो सामाजिक मनोवैज्ञानिक विन्दुमा पुग्ने प्रक्रिया पनि हो । नेतृत्व आधिकारिक प्रभाव हो र व्यक्तिगत गुणका आधारमा यसबाट संस्थाको उद्देश्य पूरा हुने वा नहुने गर्छ ।

परम्परागत रुपमा नेतृत्व मानिसहरुले तोक्ने गर्दथे । राजनैतिक तथा संस्थागत क्षेत्रमा असाधारण व्यक्ति नेता हुन्थ्यो । उसको क्षमताले प्रभाव पार्ने काम नै नेतृत्व हो । नेतृत्व लिने तरिका धेरै छन् । मनोेनित गर्ने, लिखित तथा मौखिक निर्वाचन गर्ने आदि । निर्वाचन राजनैतिक सिद्धान्तका आधारमा हुन्छ । मनोवैज्ञानिक विश्ेषणमा बालक, युवा तथा प्रौढ पनि परिस्थिति विशेष विभिन्न किसिमको नेतृत्वमा रहने गर्दछन् । यसका आधारमा नेतृत्व समय तथा परिस्थिति अनुसार विभिन्न स्वरुपको हुन्छ भन्न सकिन्छ ।

सामूहिक उद्देश्य प्राप्तिका लागि व्यक्ति अथवा समूहका क्रियाकलापलाई प्रभावित पार्ने र प्रतिनिधित्व गर्ने कार्य नेतृत्व हो । यो जुनसुकै अवस्थामा अरुहरुको प्रवृत्ति र बानी ब्योहोरालाई एउटा आकारमा ल्याउने प्रक्रिया हो । निर्णय क्षमता, इच्छाशक्ति, सही तथा गलत छुट्याउन सक्ने खुवी, विषयबस्तुकोे राम्रो ज्ञान, परिस्थिति अनुसार आफ्नो कार्यनीति र कार्यशैलीमा परिवर्तन गर्ने लचकता, सच्चरित्रता, केही गर्नुपर्छ भन्ने उत्साह, आत्मबिश्वास, स्वत्याग, निष्पक्षता, धैर्यता आदि असल नेतृत्वका गुणहरु हुन् । नेता, कार्यकर्ता तथा परिस्थिति नेतृत्वमा प्रमुख तत्व हुन् । संगठनको लक्ष्य निर्धारण गर्ने, संगठनको संरचना तयार गर्ने, संगठनका कार्यको समन्वय र निर्देशन गर्ने, सामूहिक भावना अनुसार संगठनका कार्यहरु गर्ने गराउने, संगठनको प्रतिनिधित्व गर्ने, मातहतका अनुयायीहरुलाई पथ प्रदर्शकको कार्य गर्ने, संगठनको कार्यप्रति उत्प्रेरणा जगाउने कार्य गर्ने, शक्ति र अधिकारको कुशल प्रयोग गर्ने, दुरुपयोग नगर्ने, समयको व्यवस्थापन गर्ने, सही समयमा सही निर्णय गर्ने, संगठनको समग्र पक्षको अनुगमन र मुल्याङ्कन गर्ने आदि नेतृत्वका कामहरु हुन् ।

नेतृत्व अन्तर्गत नेता र अनुयायीहरु बीच अख्तियारको असमान वितरण हुन्छ । नेताले अनुयायीहरुलाई निर्देशन गर्छ भने अनुयायीहरुले नेताको निर्देशनको पालना गर्छन् तर अनुयायीहरुले नेताको क्रियाकलापलाई निर्देशित गर्न सक्तैनन् । नेतृत्व एक निरन्तर चलिरहने प्रक्रिया हो जसमा नेता र अनुयायीहरुबीच नियमित सञ्चार आवश्यक हुन्छ । नेतृत्व सदैव खास परिस्थितिसँग सम्बन्धित हुन्छ । कुनै विशिष्ट नेतृत्व शैली कुनै परिस्थितिमा सफल हुन्छ भने अर्को परिस्थितिमा असफल पनि हुन सक्छ । त्यसैले नेताले परिस्थितिअनुकूल उपयुक्त नेतृत्व अपनाउनु पर्दछ । विभिन्न परिस्थितिमा अनुयायीहरुले नेताको तानाशाही व्यवहार पनि स्वीकार गर्छन् भने अर्को परिस्थितिमा सहभागितामुखी नेतृत्व शैली मात्रै प्रभावकारी हुन सक्छ । नेता र अनुयायीहरुले संगठनमा गर्नुपर्ने काम र त्यसको सम्बन्ध स्पष्ट हुनुपर्छ । उनीहरुको एउटै उद्देश्य हुनाले सो हासिल गर्नका लागि नेता र अनुयायीहरु बीचको कार्यगत सम्बन्ध निश्चित गर्नुपर्छ । नेताले आफ्नो कार्यसम्पादन गर्नुका साथै अनुयायीहरुलाई सुम्पेको कार्य गर्नमा उनीहरुलाई उत्साहित र आकर्षित गर्छ । समूहबाट नेतृत्व लिनका लागि नेताको आचरण, व्यवहार तथा योग्यता उदाहरणीय हुनुपर्छ । आफ्ना अनुयायीहरुबाट विश्वास प्राप्त गर्न उसले अनुकरणीय आचरण, विशेष क्षमता र दक्षताको प्रदर्शन गर्न सक्नुपर्छ । उसको आचरणबाट अनुयायीहरुले सिक्ने, प्रोत्साहित हुने र प्रभावित हुने स्थितिको सिर्जना हुनु पर्दछ ।

नेतृत्वका प्रकारहरु
नेतृत्वका प्रकारहरु यसका शैलीका रुपमा रहेका हुन्छन् । सामान्यतया नेतृत्वका प्रकारहरु निरङ्कुस, प्रजातान्त्रिक र स्वतन्त्र गरी तीन किसिमका हुन्छन् ।
क. निरङ्कुस नेतृत्व शैलीः निर्णयको सम्पुर्ण अधिकार स्वयम् नेतामा मात्र सिमित रहने तथा अनुयायीहरुलाई अन्य साधनहरु समान मानिइ सोही अनुसार व्यवहार गर्ने शैलीलाई निरङ्कुश नेतृत्व शैली भनिन्छ । यस अन्तर्गत एकोहोरो सञ्चार प्रर्णाली कायम हुन्छ । अर्थात् नेताले आफ्नो मातहतका अनुयायीहरुको कुनै कुरा सुन्दैन । यो शैली अवलम्बन गर्ने नेताहरु निर्देशनात्मक हुन्छन् ।
ख. प्रजातान्त्रिक नेतृत्व शैलीः व्यवस्थापकीय कार्यसँग सम्बन्धित अधिकारहरु आफुमा मात्र सिमित नगरी केही हिस्सा आवश्यकता अनुसार तल्लो स्तरमा पनि बिकेन्द्रिकृत गर्ने नेतृत्व शैली प्रजातान्त्रिक नेतृत्व शैली हो । यस अन्तर्गत दोहोरो तथा सक्रिय सञ्चार प्रक्रियालाई प्राथमिकता दिइन्छ । अनुयायीहरुलाई जिम्मेवारी प्रति थप प्रेरित गरीने यस शैली अन्तर्गत निर्णय प्रक्रियामा सबैको सहभागितालाई प्राथमिकता हुन्छ र नेताहरु सहयोगी भूमिकामा रहन्छन् ।
ग. स्वतन्त्र नेतृत्व शैलीः कुनै विशेष कार्यसँग सम्बन्धित सम्पुर्ण अधिकार तल्लो तहमा प्रत्यायोजन गरीने नेतृत्व शैलीलाई स्वतन्त्र नेतृत्व शैली भनिन्छ । यो खासगरी समूहमा आधारित कार्यहरु सम्पन्न गर्दा अवलम्बन गरीने शैली हो । यो नेतृत्व शैली मातहतका कर्मचारी दक्ष तथा सिपयुक्त भएको अवस्थामा उपयुक्त हुन्छ ।

नेतृत्वका कार्यहरु : नेतृत्वका कार्यहरु सामान्यतया निम्न अनुसार हुन्छन्ः
१. संगठनको लक्ष्य निर्धारण गर्ने ।
२. संगठनको संरचना तयार गर्ने ।
३. सामूहिक भावना अनुसार संगठनका कार्यहरु गर्ने गराउने ।
४. संगठनको प्रतिनिधित्व गर्ने ।
५. मातहतका अनुयायीलाई पथ प्रदर्शकको कार्य गर्ने ।
६. संगठनको कार्यप्रति उत्प्रेरणा जगाउने कार्य गर्ने ।
७. शक्ति र अधिकारको कुशल प्रयोग गर्ने र दुरुपयोग नगर्ने ।
८. समयको व्यवस्थापन गर्ने तथा सही समयमा सही निर्णय गर्ने ।
९. संगठनको समग्र पक्षको अनुगमन र मुल्याङ्कन गर्ने ।

नेतृत्वका गुण र दोष
नेतृत्वका गुण र दोषहरु निम्नअनुसार हुन्छन्ः
१. भिजन (दूरदृष्टि)ः के गर्ने ? समूहलाई के दिने ? जस्तै नेल्सन मण्डेला, महात्मा गान्धी आदि ।
२. सफल कार्यान्वयनः योजना बनाएर अगाडि बढ्नु र सपना पूरा गर्नु ।
३. विश्वसनीयताः व्यक्तिको विश्वास जित्नु पर्दछ ।
४. सामूहिक कार्यः सबैले मन पराउने काम गर्नु पर्छ ।
५. इगो (अहम्)ः निश्चित कार्यप्रतिको इगो लिएर उक्त काम सम्पन्न गर्नु पर्छ ।
६. साहसः नेतृत्वमा उच्च साहस हुनु पर्छ ।
७. मुल्य मान्यतामा एकरुपताः वत्ती जस्तै । संस्थामा एकरुपता हुनुपर्छ र उद्देश्य राखेर अगाडि बढे लक्ष्यमा पुगिन्छ ।
८. चरित्र तथा लक्ष्य निर्धारणः उत्तरदायित्व, अध्ययनशीलता र अभिप्रेरित गर्ने क्षमता पनि नेतृत्वमा हुनुपर्छ । यसले लक्ष्य निर्धारण गर्ने क्षमतालाई बढाउन मद्दत गर्दछ ।

निष्कर्ष
असल नेतृत्व व्यवस्थापनको एक महत्वपूर्ण कार्य हो, जसको प्रभावकारिताले संस्थाको लक्ष्य प्राप्तिको आधारको रुपमा भूमिका निर्वाह गर्दछ । नेतृत्व प्रभावकारी हुन यसमा लचकता, दूरदृष्टि, सहयोगी भावना आदि गुणहरु हुनुपर्दछ । नेतृत्वले गर्ने काम पनि समयअनुसार विभिन्न किसिमका हुन्छन् । माथि उल्लेख गरिएका नेतृत्व शैलीहरुलाई परिस्थिति अनुसार अवलम्बन गर्दै अगाडि बढ्न सकेको अवस्थामा अपेक्षाकृत लक्ष्य हासिल गर्न सजिलो हुन्छ ।

शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शालिकभित्र लुकेको स्वार्थ
संघीयतामा बैज्ञानिक भू–उपयोगको कसी
गोरखाको पर्यटकीय मार्ग

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.