Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

मानिसले कुखुरा पाल्न र खान कहिले सुरु गर्‍यो ? यस्तो छ रोचक इतिहास

मानिसले कुखुराको मासु तथा अण्डा कहिले देखि खान सुरु गरेको होला रु कुुखुरा खानु अगाडि मानिसले उक्त पंक्षी पाल्न सुरु गरेको हो । त्यसोभए कुखुरा कहिलेदेखि मानिसले पाल्न थालेको हो रु के कुखुरा हेर्दा सुन्दर पंक्षी भएकाले पाल्न थालिएको हो रु वा कुखुराको मानिससँग कुनै खास सम्बन्ध थियो रु किनकि मानिसलाई पहिले त कुखुराको स्वाद नै थाहा थिएन ।

Advertisement

फेरि अचानक यस्तो के भयो कि कुखुरा मानिसलाई यति मनपर्ने व्यञ्जन बन्यो रु यी प्रश्नको जवाफ पत्ता लगाउनका लागि युरोपका वैज्ञानिकहरुले विश्वका विभिन्न देशमा व्यापक अध्ययन गरे । यसबाट कुखुरा पाल्ने देखि खाने सम्मका विभिन्न रोचक जानकारी फेला परे । कुखुरा एउटा यस्तो घरपालुवा जीव हो जसको संख्या सबैभन्दा धेरै छ, चाहे त्यो मासुका लागि होस् वा अण्डाका लागि ।

यसअघिका विभिन्न अध्ययन अनुसार कुखुरा पालनको सुरुवात आजभन्दा १० हजार वर्ष अगाडि एसियाबाट सुरु भएको हो । खासगरी चीन, दक्षिणपूर्व एसिया तथा भारतमा सबैभन्दा पहिले कुखुरा पालन भएको हो । युरोपमा चाहिं ७ हजार वर्ष अगाडिबाट कुखुराको अण्डा तथा मासु खान थालिएको इतिहासकारहरुको दाबी थियो ।

तर युरोपेली शोधकर्ताहरुले मानिसले कुखुरापालन कहिलेदेखि सुरु गरेको हो रु भन्ने कुरा यकिन रुपमा पत्ता लगाएका छन् । जस अनुसार घरेलु रुपमा कुखुरापालनको सुरुआत इशापूर्व १५ सय वर्ष अगाडिबाट सुरु भएको हो । अर्थात् आजभन्दा करीब ३ हजार ५ सय २२ वर्ष पहिलेदेखि मानिसले कुखुरा पाल्न सुरु गरेको हो ।

सबैभन्दा पहिले लाओस, कम्बोडिया, भियतनाम, म्यानमार तथा थाइल्याण्डमा कुखुरा पाल्न सुरु गरिएको युरोपेली शोधकर्ताहरुको दाबी छ । यसको अर्थ आजभन्दा १० हजार वा ७ हजार वर्ष अगाडि चीन वा युरोपमा कुखुरा पालिएको थिएन ।

कुखुरालाई मानिसले कहिले घरपालुवा पंक्षीको रुपमा पाल्न थाल्यो भन्ने विषयमा भएका शोधपत्रहरू एन्टीक्विटी र प्रोसिडिंग्स अफ द नेशनल एकेडेमी अफ साइन्सेस जर्नलमा छापिएका छन् । उक्त अध्ययनमा एक्स्टर, म्युनिख, कार्डिफ, अक्सफोर्ड, बर्नमाउथ, तोलाउस, जर्मनी तथा फ्रान्सका विश्वविद्यालयका वैज्ञानिकहरू सामेल छन् ।

शोधकर्ताहरुले त्यस क्रममा आफ्नो कामलाई दुई भागमा विभाजन गरेका थिए र उनीहरूको शोधकार्यको रिपोर्ट दुई फरक फरक जर्नलमा प्रकाशित भएको छ ।

वैज्ञानिकले आफ्नो अध्ययनका लागि ८९ देशका ६सय वटा पुरातात्विक क्षेत्रको जाँच गरेका थिए । त्यहाँबाट वैज्ञानिकहरुले कुखुराका अवशेषहरुको अध्ययन सुरु गरे ता कि कुखुराका हड्डीहरुबाट त्यसको आन्तरिक संरचनाको बारेमा थाहा पाउन सकियोस् । त्यसपछि जुन स्थानमा ती हड्डीहरु भेटिए त्यहाँको संस्कृति तथा समाजको इतिहासका बारेमा जानकारी हासिल गरियो । रेडियोकार्वन डेटिङबाट कुखुराको जिवित रहँदा सम्मको र मारिएको समय पत्ता लगाइयो ।

युनिभर्सिटी अफ एक्स्टरको प्रेस विज्ञप्ती अनुसार पहिलोपटक रेडियोकार्बन डेटिङका माध्यमबाट समाजमा कुखुराको महत्वको बारेमा पत्ता लगाइएको चरा सम्बन्धी पुरातत्व विज्ञ डाक्टर जुलिया बेस्टले बताएकी छिन् । मानिस र कुखुराबीच कहिले साक्षात्कार भयो, कहिलेदेखि मानिसले कुखुरालाई आफ्नो नजिक आउन अनुमति दियो, कहिलेदेखि कुखुरा पाल्न र खान सुरु गर्यो भन्ने बारेमा आफुहरुको अध्ययनबाट प्रष्ट भएको उनको दाबी छ ।

शोधकर्ताहरुले फेला पारेको हालसम्मको सबैभन्दा पूरानो घरपालुवा कुखुराको हड्डी नियोलिथिक कालको हो । जुन इशापूर्व १२५० देखि १६५० सम्मको हो । ती हड्डीहरु मध्य थाइल्याण्डको वाटबान नन इलाकामा फेला परेका थिए । यसबाट के प्रष्ट हुन्छ भने मानिसले कुखुरा पाल्न सुरु गरेको समय आधुनिक विश्व इतिहासबाट धेरै टाढा छैन रहेछ ।

युरेसिया तथा उत्तर पश्चिम अफ्रिकामा प्राप्त भएका कुखुराका केही हड्डीहरु इशापूर्व ८ सय वर्ष पूराना छन् । त्यसपछि कुखुराको पालन भूमध्यसागरीय इलाकाहरुमा भयो । जसको १ हजार वर्षपछि कुखुरा आयरल्याण्ड, स्कटल्याण्ड, स्केन्डेनिभिया सम्म पुग्यो । यसबाट प्रष्ट के हुन्छ भने मानिसले सबैभन्दा पहिले कुखुरा पाल्न थालेको थाइल्याण्डबाट हो जुन करीब ३५ सय वर्ष अगाडि हो । घरेलु कुखुरा थाइल्याण्डबाटै पूरै एसियामा फैलियो र त्यहीँबाट व्यापारिक सामुद्रिक मार्ग हुँदै ग्रीस, बाँकी युरोप तथा अन्य देशमा पुग्यो ।

वास्तवमा मानिस र कुखुराको सम्बन्ध धानखेतीसँग जोडिएको छ । चामल तथा भातसँग कुखुराको आशक्तिबाट पनि के लख काट्न सकिन्छ भने धानले नै कुखुरा र मानिसबीच नयाँ सम्बन्ध स्थापित गरिदिएको हो । धानको खेती दक्षिणपूर्वी एसियाबाट सुरु भएको हो । धानको खेती बढ्न थालेसँगै जंगलबाट कालिज अर्थात् रेड जंगल फाउल मानिसको नजिक बालीनालीमा आउन थाल्यो ।

कालिजलाई वन कुखुरापनि भनिन्छ, जुन कुखुराजस्तै देखिने पंक्षी हो । उक्त पंक्षी वास्तवमा धान चोरेर खानका लागि किसानको खेतसम्म आउँथ्यो । तर यो चरा र मानिसबीच विस्तारै राम्रो सम्बन्ध कायम हुँदै गयो । मानिसले यो चराका दुई प्रजातिलाई घरमा लगेर पाल्न सुरु गरे । जुन समयक्रमसँगै घरेलु कुखुरामा परिणत भयो ।

इतिहासकारहरुका अनुसार इशापूर्वको फलामे युगमा युरोपमा कुखुरा खाने चलन आइसकेको थिएन । त्यस समय त्यहाँ कुखुरालाई पवित्र चरा मानिन्थ्यो । युरोपमा जहाँ जहाँ कुखुराका अवशेष प्राप्त भएका छन् ती एकान्त ठाउँ थिए । त्यसबेला युरोपमा कुखुरा काट्ने वा मार्ने गरिएका कुनै प्रमाण फेला परेका छैनन् ।

कहिलेकाहीँ त कुखुरालाई मानिसको छेउँमै अन्त्येष्टि गर्ने गरिएको पनि पाइएको छ । रोमन साम्राज्यको समयमा मात्र कुखुरा तथा अण्डा खान सुरु गरेको पाइन्छ । बेलायतमा भने सन् ३०० देखि मात्रै कुखुराको मासु तथा अण्डा खान सुरु गरिएको इतिहास छ ।

एजेन्सी

मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अनौठो कुप्रथा : जहाँ ८ सय रुपैयाँमै भाडामा पाइन्छ अर्काकी पत्नी
संसारकै अनौठो देश, जनसंख्या ३० जना तर आफ्नै सेना र मुद्रा
अनौठो संस्कार : जहाँ महिलाहरूले आफ्नो बिहेको दिनमात्र नुहाउँछन्

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.