१८ असार, गोरखा । गोरखा जिल्ला अदालतका कर्मचारी (तहसिलदार) रामचन्द्र केसी १५ हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बिहीवार राती पक्राउ गरेको हो ।
काम मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिदै गर्दा गोरखा सदरमुकामको एक होटलबाट उनलाइ पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद थपलियाले बताए ।
घुस सहित पक्राउ परेका केसीलाई शुक्रवार राती नै पोखरा लगिएको र आवश्यक छानविन भइरहेको थपलियाले जानकारी दिए ।



































